राष्ट्रियसभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने
काठमाडौँ। संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ।
आज अपराह्न १ः१५ बजेका लागि तय भएको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ।
यस्तै, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
यसैगरी, राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानसभा सदस्य, प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अपराह्न २ः०० बजे बस्दैछ। समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल हुने कार्यक्रम छ।
समितिको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई आमन्त्रण गरिएको छ।
ताजा अपडेट
-
सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा कायमै
-
गणेश यादवका परिवारसँग गृहमन्त्रीले गरे सम्झाैता: सहिद घाेषणादेखि स्मृतिपार्क निर्माणसम्म
-
चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय
-
धनुषा र सिरहा कर्फ्यु: बिहान ५:०० देखि १०:०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
-
आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना


प्रतिक्रिया