छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
भद्रपुर (झापा) । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा रु एक अर्ब ७९ करोड २८ लाख १८ हजार बराबरको छुर्पी निर्यात भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीको माग निरन्तर बढ्दै जाँदा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा निर्यात करिब २७ प्रतिशतले वृद्धि भएको हो ।
मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा रु एक अर्ब ४१ करोड ७१ लाख चार हजार बराबरको छुर्पी निर्यात भएको थियो ।
उक्त कार्यालयका सूचना अधिकारी माङ्कल राईका बितेका पाँच वर्षदेखि छुर्पीको निर्यात निरन्तर बढिरहेको छ । छुर्पी कुकुर र बिरालोका लागि आहारका रूपमा प्रयोग हुने गरेको छ । विशेष गरी इलाम, पाँचथर र ताप्लेजुङमा छुर्पी उत्पादन हुने गरेको छ ।
ताजा अपडेट
-
वीरगञ्जमा फेरि निषेधाज्ञा जारी
-
पूर्वी तराईको घटनाप्रति राष्ट्रपति चिन्तित, प्रधानमन्त्री, पूर्वराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल
-
मन्त्री चौधरीद्वारा व्यावसायिक प्रांगारिक मल उत्पादकहरूको विवरण संकलन सुरु
-
सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वपक्षीय सद्भाव र्याली
-
आफ्ना सांंसदहरूलाई बाेलाएर प्रधानमन्त्रीले भने– सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छ


प्रतिक्रिया