सप्तरीमा कर्फ्यु कायमै, बिहान ११ बजेसम्मका लागि खुकुलो पारियो
सप्तरी । सप्तरीमा गत साउन १४ गते रातिदेखि जारी कर्फ्यु कायमै छ । यद्यपि जिल्ला प्रशासन कार्यालय राजबिराजले अत्यावश्यक सामग्री खरिद गर्नका लागि आज बिहान ७ देखि ११ बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद बिक्री गर्न कर्फ्यु खुकुलो पारेको छ।
११ बजेपछि कर्फ्यु पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न प्रशासनले आग्रह गरेको छ ।
सो समयावधिभित्र हुलदङ्गा वा अशान्ति फैलाउन वा अन्य कुनै उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस भेला जम्मा भई उछ्शृङ्खल गतिविधि गरे गराइएको पाइएमा कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
सुनसरीबाट सुरु भएको साम्प्रदायिक दंगाका कारण गत साउन १४ गतेदेखि सप्तरीको विभिन्न स्थानमा कर्फ्यु लगाइएको थियो ।
ताजा अपडेट
-
सिरहाको गोलबजारमा दिनभरका लागि खुकुलो बनाइयो कर्फ्यु
-
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
-
सप्तरीमा कर्फ्यु कायमै, बिहान ११ बजेसम्मका लागि खुकुलो पारियो
-
अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि
-
गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति


प्रतिक्रिया