NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन २० गते

निर्मल पुर्जासहित तीन आरोहीको शव आधार शिविर ल्याइयो

काठमाडौं — पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी मृत्यु भएका आरोहीमध्ये निर्मल पुर्जा (निम्स दाइ) सहित तीन जनाको शव आधार शिविर ल्याइएको छ ।

प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाले पूर्जासहित जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव संकलन गरी आधार शिविर पुर्‍याइएको जानकारी दिएका छन् ।

शव संकलन उद्धार टोलीका नेता मिङ्मा जीको नेतृत्वमा गरिएको थियो । सांसद शेर्पाले कठिन परिस्थितिमा उद्धार कार्यमा खटिएका टोलीप्रति धन्यवाद व्यक्त गरेका छन् ।

उनका अनुसार अझै तीन आरोहीको शव फेला पर्न बाँकी छ ।

गत शुक्रबार पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा गएको हिमपहिरोमा परी निर्मल पुर्जासहित ६ नेपाली र ४ विदेशी गरी १० आरोहीको मृत्यु भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष