NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन २५ गते

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २०० रुपैयाँले घटेको हो। अघिल्लो दिन सुनको ४ हजार ८ सय रुपैयाँले बढेको थियो ।

त्यस्तै, १० ग्राम सुनको मूल्य पनि आज २ लाख ५८ हजार ४९० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन १० ग्राम सुन २ लाख ५८ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य भने आज बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ६४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज २५ रुपैयाँले बढेको हो।