NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन २६ गते

सन्दीप लामिछाने एकदिवसीय टीमका कप्तान नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले स्पिनर सन्दीप लामिछानेलाई एकदिवसीय टीमको नयाँ कप्तान नियुक्न गरेको छ।

आउँदो अगष्ट ३० देखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपबाट लागू हुने गरी सन्दीपलाई कप्तानको अभिभारा दिइएको हो।

सन्दीपसँगै क्यानले १४ सदस्यीय टोली पनि घोषणा गरेको छ। जसमा सन्दीप लामिछाने (कप्तान) आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी रहेका छन्।

प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेको छ। अर्को समूहमा युएई, ओमान, सिंगापुर, कुवेत र कतार रहेका छन्।

नेपालले पहिलो खेल सेप्टेम्बर १ मा साउदी अरेबियासँग खेल्नेछ। समूहको दोस्रो खेलमा सेप्टेम्बर ३ मा बहराइन, तेस्रो खेल सेप्टेम्बर ५ मा मलेसिया र चौथो खेल सेप्टेम्बर ७ मा हङकङसँग खेल्नेछ।

समूहमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। यस प्रतियोगिताको शीर्ष तीन टोली सन् २०२७ मा बङ्गलादेशमा हुने एकदिवसीय एसिया कपमा छनोट हुनेछ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष