NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन २६ गते

एकैदिन सुनको मूल्य ६ हजार ४ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। छापावाल सुनको मूल्य एकैदिन प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर ३ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि मंगलबार उकालो लागेको छ। महासंघका अनुसार सोमबार प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँ रहेको चाँदीको मूल्य १ सय १० रुपैयाँले बढेर मंगलबार ४ हजार ७ सय ८० रुपैयाँ पुगेको छ।

ताजा अपडेट

नेपालवाच विशेष