कृषि, वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सिर्जना गरिनेछ : मन्त्री चौधरी
काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले कृषि, वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्ने विषय मूल प्रथमिकतामा राखेको बताएकी छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले ‘युवाको सहभागिता विस्तारमार्फत नवीन सोच, ऊर्जा र केही गरौँ’ भन्ने भावनालाई राष्ट्रको समृद्धिमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गरिन् ।
मन्त्री चौधरीले युवा वर्गले कृषि क्षेत्रको विकासमा नवीन दृष्टिकोण, वन तथा वातावरण जगेर्नाका लागि महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरिन् ।
देश विकासमा बलियो जनशक्ति युवा भएको बताउँदै उनले युवा सशक्तीकरणलाई प्रभावकारी बनाउन ग्रामीण क्षेत्रलाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिइन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको यस वर्षको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा १२ अगस्ट २००० मा दिवस मनाउने गरिँदै आएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा युवाकेन्द्रित नीति निर्माण तथा समाजमा युवा सहभागिता बढाउने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ ।
ताजा अपडेट
-
पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने पति पक्राउ
-
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, ५.२५% ब्याजदरमै अटो लोन
-
‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस हुन्छ: महानिरीक्षक कार्की
-
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
-
नागरिक लगानी कोषका सहभागीलाई मनकामना अस्पतालमा २० प्रतिशत छुट


प्रतिक्रिया