सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु स्टोरमा आइपुग्यो
काठमाडौं । स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियाअन्तर्गत सर्पदंशको उपचारमा प्रयोग हुने भ्याक्सिन आइपुगेको छ । बिहीबार साँझ ५ बजे ८ हजार २०० भाइल भ्याक्सिन टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा प्राप्त भएको छ ।
यसैगरी, रेबिजविरुद्ध प्रयोग हुने १७ हजार ६०० भाइल रेबिज इम्युनोग्लोबुलिन (ईआरआईजी) समेत केन्द्रीय भ्याक्सिन स्टोरमा प्राप्त भएको छ ।’
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिनहरू सातवटै प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ ।
ताजा अपडेट
-
अब सरकारी कार्यालयमा निवेदन दिन वा फारम भर्न अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने र अतिरिक्त पैसा पनि बुझाउनु नपर्ने
-
प्रधानमन्त्री कार्यालयको पहलमा कृषिजन्य सामग्रीको आपूर्ति सुधार गर्न कार्यदल गठन गरी अध्ययन सुरु
-
पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राख्न अनुमति
-
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु स्टोरमा आइपुग्यो
-
नापजाँच सकिएको ४ वर्षपछि भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा


प्रतिक्रिया