ग्यासको अनावश्यक मौज्दात नराख्न आयल निगमको आग्रह
काठमाडौँ । नेपाल आयल निगमले होटल, रेष्टुरेन्ट, पार्टी प्यालेसलगायत व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ ।
निगमले २०८३ साल असार ३१ गतेदेखि बजारमा १४.२ किलोग्रामको भरी सिलिन्डर बिक्रीवितरण भइरहेको जनाएको छ । साविकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्रीवितरण भइरहेको भए पनि सर्वसाधारण उपभोक्ताले बजारमा सहज रूपमा ग्यास नपाएको गुनासो आएको निगमले जनाएको छ ।
निगमको द्रुत प्रतिक्रिया डेस्कमा प्राप्त उजुरी तथा सूचनाका आधारमा गरिएको बजार अनुगमनका क्रममा केही होटल, रेष्टुरेन्ट, पार्टी प्यालेसलगायत व्यावसायिक प्रतिष्ठानमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखिएको पाइएको थियो ।
त्यसरी अनावश्यक रूपमा ग्यास सिलिन्डर मौज्दात नराख्न र राखिएको भए तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्रीवितरण गर्न निगमले आग्रह गरेको छ । निगमले आफ्नो आग्रहविपरीत कतै ग्यास सिलिन्डर अनावश्यक रूपमा मौज्दात राखेको भेटिएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
ताजा अपडेट
-
कांग्रेसको असन्तुष्ट पक्षको राष्ट्रिय भेला सुरु, देउवाले गरे उद्घाटन
-
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा भट्ट नियुक्त
-
गगनलाई अस्वीकार गरेर कांग्रेस अघि बढ्दैन : सुजाता कोइराला
-
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो : सभामुख अर्याल
-
पुटिनको भ्रमणपछि जापानलाई अमेरिकी समर्थन


प्रतिक्रिया