NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन २९ गते

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं  – स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको छ।

स्वास्थ्य बीमा कार्यक्रमको २०८२ माघ र फागुन महिनाको सेवाबापत स्वास्थ्य संस्थाहरूलाई उक्त रकम भुक्तानी गरिएको हो। भुक्तानी पाउनेमा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र,नगर अस्पताल,आँखा अस्पताल तथा निजी तथा शिक्षण अस्पतालसमेत छन्।

भुक्तानी विवरणमा ठूला अस्पतालसँगै दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र,आधारभूत अस्पताल र जिल्ला अस्पतालहरू लगायत सबै सेवा प्रदायक समेटिएका छन्।

स्वास्थ्य बीमाअन्तर्गत सेवा प्रदान गरेका स्वास्थ्य सॅस्थाले गरेको दाबी हरुको रुजु तथा मुल्यांकनका गरी स्वीकृत विवरणका आधारमा रकम भुक्तानी गरिएको हो।

ताजा अपडेट

नेपालवाच विशेष