NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १ गते

म्यानपावर कम्पनी आजदेखि पूर्ण रूपमा बन्द

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकार आफ्ना मागप्रति गम्भीर नभएको भन्दै देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ।

संघले म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया समेत आजदेखि ठप्प पारेको जनाएको छ। संघका अनुसार सरकारलाई आफ्ना माग सम्बोधन गर्न पटक–पटक आग्रह गरे पनि त्यसप्रति आवश्यक चासो नदेखाइएपछि आन्दोलनलाई थप कडा बनाउँदै पूर्ण रूपमा काम–कारोबार बन्द गर्ने निर्णय गरिएको हो।

यसअघि संघले आन्दोलनका विभिन्न चरणअन्तर्गत पूर्वअन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन प्रकाशन तथा भिसा स्ट्याम्पिङलगायतका काम रोकिसकेको थियो। वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकलाई उडानमा पठाउन दिइएको समयसीमा समेत समाप्त भएपछि संघले अब सम्पूर्ण सेवा नै बन्द गर्ने निर्णय गरेको हो।

संघको निर्णयसँगै देशभर सञ्चालनमा रहेका म्यानपावर कम्पनीबाट हुने नयाँ मागपत्र प्रक्रिया, श्रमिक छनोट, कागजात प्रक्रिया तथा वैदेशिक रोजगारीमा श्रमिक पठाउने अन्य काम प्रभावित हुने भएका छन्।

संघले सरकारलाई आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गर्दै माग पूरा नभएसम्म आन्दोलन जारी रहने संकेत गरेको छ। म्यानपावर व्यवसायीको आन्दोलनका कारण वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका हजारौँ श्रमिकसमेत प्रभावित हुन सक्ने देखिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष