प्रधानमन्त्री र भारतका स्थल सेनाध्यक्ष सेठबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री बालेन साहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन् ।
रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री साहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार सेनाध्यक्ष सेठले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव समेत सहभागी थिए ।
प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष सेठ चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आएका हुन् । सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गरेका थिए ।
नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा छ । सोमबार नै प्रधानसेनापति सिग्देल र सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता समेत भएको थियो ।
ताजा अपडेट
-
प्रधानमन्त्री र भारतका स्थल सेनाध्यक्ष सेठबीच भेटवार्ता
-
विद्युत् निर्यातबाट २९ अर्ब ३२ करोड आम्दानी, तर ऊर्जा क्षेत्रमा अझै चुनौती : मन्त्री श्रेष्ठ
-
सुन र चाँदीको नयाँ मूल्यसूची सार्वजनिक, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
-
ट्रम्पको अनुमोदन दर राष्ट्रपतिकालकै न्यून विन्दुमा
-
दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन


प्रतिक्रिया