त्रिभुवन विमानस्थलबाट पाँच म्यान्मा र तीन भारतीय नागरिक ३९ किलो थाई गाँजासहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३९ किलो २८८ ग्राम थाई गाँजासहित आठ जना विदेशी नागरिक पक्राउ परेका छन् ।
लागू औषध नियन्त्रण ब्यूरोका अनुसार विदेशबाट हवाईमार्ग हुँदै नेपाल भित्राउने उच्चस्तरको गाँजाको तस्करीबारे प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।
भदौ १ गते राति बैंककबाट काठमाडौं आएको थाई एयरवेजको उडानबाट नेपाल आएका यात्रुहरूलाई शंका लागेर जाँच गर्दा उनीहरूको लगेजबाट ३९ किलो २८८ ग्राम थाई गाँजा बरामद भएको ब्यूरोले जनाएको छ ।
पक्राउ पर्नेमा म्यानमारका पाँच नागरिक र भारत पञ्जाबका तीन जना नागरिक छन् । पक्राउ परेकाहरूमाथि लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेशसभा सदस्य देउवा पदमुक्त
-
बोलपत्रविपरीत बिचौलियामार्फत रेडक्रसको जग्गा खरिद, पाँच जना पक्राउ
-
त्रिभुवन विमानस्थलबाट पाँच म्यान्मा र तीन भारतीय नागरिक ३९ किलो थाई गाँजासहित पक्राउ
-
इमरान खानलाई ४८ घण्टाभित्र अस्पताल लैजान पाकिस्तानी सर्वोच्च अदालतको आदेश
-
प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरुको निर्वाह भत्ताबारे छलफल


प्रतिक्रिया