अख्तियारका पदाधिकारीहरू प्रधानमन्त्रीले बोलाउँदैमा धाउनु हुँदैन : अमरेश सिंह
काठमाडौं – रास्वपा सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीले बोलाउँदैमा अख्तियारका पदाधिकारी जान नहुने बताएका छन् । बिहीबार राज्य व्यवस्था सुशासन समितिको बैठकमा बोल्दै उनले अख्तियारका पदाधिकारीका कारणले अख्तियारले आफ्नो दायित्व पूरा गर्न नसकेको आरोप लगाए ।
‘संसदीय समितिमा आउन मिल्छ, अख्तियार प्रधानमन्त्री मातहतको संस्था होइन । त्यसैले अख्तियारका पदाधिकारीहरू कुनै मन्त्री वा प्रधानमन्त्रीले बोलाउँदैमा त्यहाँ धाउनु हुँदैन । अख्तियारको मर्यादा दिनप्रतिदिन समाप्त हुँदै गएको छ । यो प्रवृत्तिको अन्त्य हुनुपर्छ,’ उनले भने ।
सांसद सिंहले भागवन्डाको राजनीति अन्त्य गर्न प्रस्ताव गरेका छन् । ‘भागवन्डाको राजनीति अन्त्य गरौँ र पूर्व कर्मचारीहरूको क्लब बन्न नदिऔँ । जति संवैधानिक निकाय छन्, ती सबै पूर्व कर्मचारीहरूको क्लब वा आयोग बनेका छन्,’ उनले भने ।
ताजा अपडेट
-
दुई दिनदेखि हराएका साढे २ वर्षीय बालकको सामुदायिक वनबाट सकुशल उद्धार
-
वैदेशिक सहायता राष्ट्रिय बजेट प्रणालीमार्फत परिचालन गर्न लेखा समितिको निर्देशन
-
अख्तियारका पदाधिकारीहरू प्रधानमन्त्रीले बोलाउँदैमा धाउनु हुँदैन : अमरेश सिंह
-
धनुषाको मिथिला नगरपालिकाका थप ३१० परिवारले नापजाँचको १० वर्षपछि पाए लालपुर्जा
-
सुनको भाउ तोलामा ९ हजार ३०० रुपैयाँले बढ्यो, तोलाको कति पुग्याे ?


प्रतिक्रिया