नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा.प्रमोद जोशी
काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को सदस्यसचिवमा डा.प्रमोद जोशी नियुक्त भएका छन् ।
उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
स्वास्थ्य अनुसन्धान,चिकित्सा सेवा तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव हासिल गरेका डा।जोशीसँग परिषद्कै नेतृत्व तहमा काम गरेको अनुभव पनि छ।
डा.जोशीले सन् २००० मा युक्रेनको ओडेसा स्टेट मेडिकल युनिभर्सिटीबाट एमबीबीएस तथा सन् २००९ मा नेशनल एकेडेमी अफ मेडिकल साइन्सेस (न्याम्स)बाट अर्थोपेडिक्स तथा ट्रमा विषयमा एमएस गरेका छन् । उनले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालबाट आर्थ्रोप्लास्टी तथा आर्थ्रोस्कोपीमा फेलोसिपसमेत गरेका छन् ।
उनले सन् २०२४ देखि २०२६ सम्म नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यकारी सदस्यसचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए । त्यसअघि राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट,गेटा अस्पतालका संस्थापक निर्देशक तथा सेती प्रादेशिक अस्पतालमा वरिष्ठ अर्थोपेडिक सर्जनका रूपमा काम गरेका छन् ।
ताजा अपडेट
-
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा
-
सुदूरपश्चिम जाँदै मन्त्री प्रतिभा रावल, सहकारीदेखि भूमिहीनका समस्या सुन्नेसम्मको कार्यक्रम
-
प्रधानमन्त्री कार्यालयले भन्यो-प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी
-
रासायनिक मलको समस्या अध्ययन गर्न सरकारद्वारा १२ सदस्यीय कार्यदल गठन
-
अर्थमन्त्री डा. वाग्ले भन्छन्-‘नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन’


प्रतिक्रिया