NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १ गते

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि

प्रतियोगितामा नेपालका उत्कृष्ट १६ पब्जी मोबाइल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) सम्म पुग्ने आधिकारिक प्रतियोगिताका रूपमा रहेको पीएमएनसीमा डीआरएससहित १६ टोली सहभागी हुनेछन्। लोकप्रिय टोली होरा ई–स्पोर्ट्स भने यसअघि नै अर्को चरणमा प्रवेश गरिसकेको आयोजकले जनाएको छ।

प्रतियोगिताको कुल पुरस्कार राशि १ हजार अमेरिकी डलर रहेको छ। विजेताले ४००, उपविजेताले २५० र तेस्रो हुने टोलीले १५० अमेरिकी डलर प्राप्त गर्नेछन्। चौथो र पाँचौँ स्थानमा रहने टोलीले क्रमशः १२० र ८० डलर पुरस्कार पाउनेछन्।

प्रतियोगिताबाट शीर्ष १२ टोली ‘२०२६ पब्जी मोबाइल नेशनल च्याम्पियनसिप–साउथ एसिया फल’का लागि छनोट हुनेछन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वीकृतिमा आयोजना हुने प्रतियोगितामा खेलसँगै दर्शकका लागि मनोरञ्जनात्मक कार्यक्रम, गीत–संगीत, फुड स्टल र विभिन्न गेमिङ जोनसमेत राखिएको आयोजकले जनाएको छ।

दुई दिनसम्म चल्ने प्रतियोगिताले नेपालका पब्जी मोबाइल खेलाडी तथा ई–स्पोर्ट्स टोलीलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकको भनाइ छ।

ताजा अपडेट

नेपालवाच विशेष