अण्डाको मूल्य हालसम्मकै उच्च: क्रेटमै ७५ रुपैयाँसम्म वृद्धि
काठमाडाैं – बजारमा उत्पादन घट्दै जाँदा अण्डाको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल लेयर्स कुखुरापालक संघका अनुसार बर्डफ्लु, गर्मी र उत्पादन लागत वृद्धिका कारण देशभर करिब १३ लाख लेयर्स कुखुरा नष्ट भएपछि अण्डाको मूल्य आकाशिएको हो। संघका सचिव मदन पोखरेलका अनुसार गत साउन ६ गतेको तुलनामा एक महिनामै अण्डाको भाउ प्रतिक्रेट ७५ रुपैयाँसम्मले बढेको छ।
हाल एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५ सय ९० रुपैयाँ, ठूलो अण्डाको ५ सय ७५ रुपैयाँ, मिडियम अण्डाको ५ सय २० रुपैयाँ र सानो अण्डाको मूल्य ४ सय ४८ रुपैयाँ पुगेको छ। यसअघि अण्डाको भाउ प्रतिक्रेट ५ सय ७० रुपैयाँभन्दा माथि गएको थिएन। पहिले दैनिक २८ हजार कार्टुन अण्डा उत्पादन हुने गरेकोमा अहिले घटेर २२ हजार कार्टुनमा सीमित भएको छ।


प्रतिक्रिया