NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १ गते

रुकुम पश्चिममा ईभीको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–८, एकान्तमा विद्युतीय गाडी (ईभी) को ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवाली रहेका छन्। शौचालय जानका लागि गाडीबाट ओर्लिएका उनीहरूलाई विपरीत दिशाबाट आएको भे १ ज १४८२ नम्बरको माइक्रोबसले ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो। उपचारकै क्रममा बिहान ९ः३० बजे उनीहरूको मृत्यु भएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष