NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १० गते

रसुवा बाढी: उद्धार र राहतमा जुट्न सभापति लामिछानेको अपिल

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवामा बाढीका कारण उत्पन्न विपद्को समयमा प्रभावित नागरिकको जीवन रक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत एक अपिल जारी गर्दै उनले जोखिमपूर्ण क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेका छन्।

उनले विपद्का बेला आधिकारिक निकाय र विश्वसनीय सञ्चारमाध्यमका सूचनालाई मात्र आधार बनाउन र सामाजिक सञ्जालमा अप्रमाणित सूचना वा अफवाह नफैलाउन अनुरोध गरेका छन्। गलत सूचनाले उद्धार कार्यमा बाधा पुर्‍याउने र त्रास फैलाउने भन्दै उनले सचेत गराएका हुन्।

सभापति लामिछानेले पार्टीका स्थानीयदेखि केन्द्रीय तहसम्मका सबै साथीहरूलाई सुरक्षा निकाय र स्थानीय प्रशासनसँग समन्वय गरी उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा खटिन आह्वान गरेका छन्।

ताजा अपडेट

नेपालवाच विशेष