नेपाललाई सक्दो मानवीय सहयोग गर्ने भारतीय प्रधानमन्त्री मोदीको प्रतिबद्धता
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन साहसँग् टेलिफोन संवाद गर्दै नेपालमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । बुधबार भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री साहलाई टेलिफोन गरेका हुन् ।
कुराकानीका क्रममा मोदीले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले विपद्को यस कठिन घडीमा भारतका जनता नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथमा रहेको बताएका छन्।
नेपाललाई आवश्यक सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको मोदीले बताएका छन्। उद्धार तथा राहतका लागि भारतीय टोलीले नेपाली अधिकारीहरूसँग नजिकबाट समन्वय गरिरहेको उनको भनाइ छ । प्रधानमन्त्री मोदीले नेपालमा जारी उद्धार तथा राहत प्रयासमा भारतको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
ताजा अपडेट
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
नेपाल–चीन सीमा क्षेत्रमा हिम–चट्टान पहिरो जाँदा भोटेकोशी बाढी
-
नेपाललाई सक्दो मानवीय सहयोग गर्ने भारतीय प्रधानमन्त्री मोदीको प्रतिबद्धता
-
बाढी प्रभावितको उद्धार र राहतमा एकजुट हुन पूर्वराजाको अपील
-
रसुवा बाढी : नेपाली सेना र निजी क्षेत्रले गर्यो ११४ जनाको हवाई उद्धार


प्रतिक्रिया