भोटेकोसी बाढीपीडितका लागि भारत सरकारले पठायो १० टन राहत सामग्री
भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन मानवीय सहायता तथा विपद् राहत पठाएको जनाएको छ ।
भारतीय विदेशमन्त्री डा. एस जयशंकरले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै आज नेपालको रसुवामा आएको बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, आवश्यक औषधि नेपाल पठाइएको बताए ।
‘हामी शोकसन्तप्त परिवारजन तथा यस घटनाबाट प्रभावित सबैप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ’, उनले भनेका छन्, ‘यस चुनौतीपूर्ण परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा उभिएको छ ।’
ताजा अपडेट
-
भोटेकोसी बाढीपीडितका लागि भारत सरकारले पठायो १० टन राहत सामग्री
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
नेपाल–चीन सीमा क्षेत्रमा हिम–चट्टान पहिरो जाँदा भोटेकोशी बाढी
-
नेपाललाई सक्दो मानवीय सहयोग गर्ने भारतीय प्रधानमन्त्री मोदीको प्रतिबद्धता
-
बाढी प्रभावितको उद्धार र राहतमा एकजुट हुन पूर्वराजाको अपील


प्रतिक्रिया