बाढी प्रभावित पशुपन्छीका लागि निःशुल्क औषधि उपलब्ध गराउने कान्तिपुर भेट डिस्ट्रीब्युटर्सको घोषणा
ललितपुर । कान्तिपुर भेट डिस्ट्रीब्युटर्स प्रा.लि.ले रसुवा, नुवाकोटलगायत जिल्लामा भोटेकोशी (त्रिशूली) नदीमा आएको बाढीबाट प्रभावित पशुपन्छीका लागि निःशुल्क प्राथमिक उपचारका औषधि उपलब्ध गराउने भएको छ।
कम्पनीले बाढीका कारण विभिन्न क्षेत्रमा मानवीय, पशुपन्छी तथा जनधनमा ठूलो क्षति पुगेकोप्रति दुःख व्यक्त गर्दै प्रभावित पशुपन्छीको स्वास्थ्यलाई ध्यानमा राखेर औषधि उपलब्ध गराउने जनाएको हो।
कम्पनीका अनुसार सम्बन्धित जिल्ला पशु सेवा कार्यालय, नगरपालिका तथा गाउँपालिकाका पशु सेवा शाखा, पशु स्वास्थ्यसम्बन्धी सरकारी निकाय र आधिकारिक संघसंस्थासँग आवश्यक समन्वय गरी औषधि वितरण गरिनेछ।
बाढी प्रभावित पशुपन्छीको उपचारमा वास्तविक रूपमा प्रयोग हुने गरी प्राथमिक उपचारका आवश्यक औषधि सम्बन्धित सरकारी पशु सेवा निकाय तथा आधिकारिक संघसंस्थाको समन्वय र सिफारिसमा निःशुल्क वितरण गरिने कम्पनीले जनाएको छ।
विपद्का कारण पशुपन्छीमा उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै गरिएको यो पहलले प्रभावित क्षेत्रका पशुपन्छीको जीवन तथा स्वास्थ्य संरक्षणमा सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।
कम्पनीले औषधि वितरणका लागि सम्बन्धित सरकारी निकाय तथा सरोकारवालासँग आवश्यक समन्वय र सहयोगको अपेक्षा गरेको छ।
ताजा अपडेट
-
योभन्दा ठूलो प्रकोपको जोखिममा छौं, किनारका बस्तीबारे सोचौं
-
किशोरीमा यौन शिक्षाको अभाव, अपराधजन्य घटनामा संलग्नता बढ्दै
-
बाढी प्रभावित पशुपन्छीका लागि निःशुल्क औषधि उपलब्ध गराउने कान्तिपुर भेट डिस्ट्रीब्युटर्सको घोषणा
-
सुनको भाउ १२ सयले घट्यो
-
भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र


प्रतिक्रिया