NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १२ गते

रसुवा बाढी : ७०६ जनाको उद्धार, ४० विदेशी नागरिक

रसुवा – रसुवामा बुधबार आएको बाढीपछि उद्धार कार्यलाई तीव्रता दिइएको छ। नेपाली सेनाले शुक्रबार दिउँसो ३ बजेसम्म बाढी प्रभावित विभिन्न क्षेत्रबाट ७०६ जनाको उद्धार गरेको जनाएको छ।

सेनाका हेलिकोप्टरमार्फत टिमुरे, स्याफ्रुवेशी, मैलुङलगायतका क्षेत्रबाट उनीहरूको उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये ४० जना विदेशी नागरिक रहेका छन्।

नेपाली सेनाका अनुसार उद्धार गरिएका विदेशी नागरिकमा भारतका २९, जर्मनीका ४, चीनका ४, ओमानका १ र दक्षिण कोरियाका २ जना छन्।

बाढी प्रभावित जिल्लाहरूमा नेपाली सेनाका ४ हजार ५ सयभन्दा बढी सैनिक परिचालन गरिएको छ। सेनाले विभिन्न सरकारी तथा सम्बन्धित निकायसँग समन्वय गरी घाइतेको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरण गरिरहेको जनाएको छ।

बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कामलाई निरन्तरता दिइरहेको नेपाली सेनाले जनाएको छ।