प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन
काठमाडौँ, १३ भदौ: बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा रु पाँच अर्बभन्दा बढी रकम सङ्कलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ।
कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको पूर्ण विवरण पारदर्शी रूपमा सार्वजनिक गरेको हो। प्रधानमन्त्री दैवी प्रकोप कोषमा आज मध्याह्नसम्म नौ वटा वाणिज्य बैंकका खातामा पाँच अर्ब चार करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको कार्यालयले जनाएको छ। यस्तै, हिमालयन र लक्ष्मी बैंकका खातामा थप १८ लाख आठ हजार १८९ अमेरिकी डलर जम्मा भएको छ।
विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन तथा सम्भावित वित्तीय ठगीबाट बच्न सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्यूआर कोड’ र खाताको नाम (प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष)मा मात्र आर्थिक सहयोग गरिदिन कार्यालयले अनुरोध गरेको छ।
खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयले जनाएको छ।
ताजा अपडेट
-
‘सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ’: प्रधानमन्त्री शाह
-
प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन
-
महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न देउवा समूहको बैठक
-
टनेलमा फसेकाहरुको परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने : आजै साँझसम्म टनेलभित्र जानसक्ने प्रयास छ
-
रसुवा सडक सञ्जालसँग पुनः जोडियो


प्रतिक्रिया