NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १४ गते

विपद् व्यवस्थापनमा सरकारलाई पूर्ण साथ दिन्छौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकारलाई पूर्ण सहयोग गर्ने बताएका छन्।

आइतबार आयोजित छलफलमा थापाले विपद्का बेला सरकारसँग काँधमा काँध मिलाएर अघि बढ्नु कांग्रेसको कर्तव्य भएको बताए। साथै, सरकारका कमजोरी औँल्याउँदै सुधारका लागि खबरदारी गर्नु पनि प्रतिपक्षको जिम्मेवारी रहेको उनको भनाइ छ।

थापाले विपद् व्यवस्थापनमा संघीय सरकारसँगै प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। कांग्रेसले यसअघि सरकारलाई बुझाएको नौबुँदे ध्यानाकर्षणलाई समेत पुनः प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने उनले जानकारी दिए।

ताजा अपडेट

नेपालवाच विशेष