भोटेकोशी बाढी : रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित
काठमाडौं । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरुको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ। यही भदौ १० गते विहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारणले १११ मेगावाट क्षमताको सो आयोजनामा कार्यरत रहेका ९३ जना सम्पर्कविहीन भएका छन्।
नेपाली सेनाको हेलिकप्टरबाट प्राविधिक तथा विज्ञ टोलीमार्फत रेकी गर्नेलगायतका काम भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको निजी सचिवालयले जनाएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अनुसार रसुवागढी जलविद्युत् आयोजनामा परेर ९३ जना सम्पर्कविहीन भएको बताइएको छ। इप्पानका अनुसार सम्पर्कविहीन हुनेमा रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना कर्मचारी छन्। दुई जना ज्यालादारीका कर्मचारी छन्।
निर्माणमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना सम्पर्कविहीन छन्। सिडब्लुईका चार, भनस कन्स्ट्रक्सनका तीन जना सम्पर्कविहीन भइरहेका छन्। भूमिगत डिसेन्डरमा फसेका छ जनामध्ये चार जना दुई दिन लगाएर आफै बाहिर निस्कन सफल भएपछि उनीहरुको सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो।
ताजा अपडेट
-
बेजिब्रिज जोड्न अध्ययन हुँदैछ, ठाउँ उपयुक्त भए १५–२० दिनमा काम सकिन्छ
-
भोटेकोशी बाढी : रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
-
त्रिशूली–कोलनी क्षेत्रका सेल्टरमा खाना र पानीकाे अभाव
-
मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै


प्रतिक्रिया