भोटेकोशी बाढीमा परेर निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने
रसुवाको भोटेकोशी बाढीमा परेर निधन भएकाको पशुपति क्षेत्रस्थित आर्यघाट एवं भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ ।
पशुपति क्षेत्र विकास कोषले रसुवाको भोटेकोशी बाढीमा परी निधन भएकाको निःशुल्क दाहसंस्कार गर्ने गरी सबै व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले जानकारी दिए ।
बाढीमा परी निधन भएकाको निःशुल्क दाहसंस्कारका लागि शरदराज वैद्यलाई सम्पर्क गर्न पनि कोषले आह्वान गरेको छ । वैद्यको मोबाइल नम्बर ९८४१२२९९९४ मा सम्पर्क गर्न सकिने पनि उनले बताए ।
यस विषयमा थप जानकारीका लागि कोषको कार्यालयमा सम्पर्क गर्न सकिने पनि कोषले जनाएको छ । विपद्मा एक, अर्कालाई सहयोग गरी मानवता जोगाउन कोषले यो सेवा सुरु गरेको सदस्य भण्डारीले बताए ।
ताजा अपडेट
-
भोटेकोशी बाढीमा परेर निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने
-
एसीसी प्रिमियर कप : बहराइनविरुद्ध नेपालको सानदार जित
-
बाढीबाट बाँचेका शिव गिरी भन्छन्- साथीहरू बगे, कुकुरले साथ छाडेन
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र भेटिएनन् फसेका मानिस, सेनाको उद्धार टोली धुन्चे फर्किँयो
-
बाढी संकटका विषयमा प्रधानमन्त्रीले लिँदैछन् तिनै सुरक्षा निकायका प्रमुखसँग छुट्टाछुट्टै बिफ्रिङ


प्रतिक्रिया