NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १७ गते

उद्धारमा संलग्न सांसदको आक्रोस– मै जान्ने हुँ भन्ठान्नेलाई तत्काल जिम्मेवारी दिने कानून बनाउनुपर्यो

काठमाडौं । रसुवा बाढीका क्रममा जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार कार्यमा सुरुदेखि नै सक्रिय सांसद् श्रीराम न्यौपानेले यसबारे सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति रोस प्रकट गरेका छन् ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा प्रवेश गरेको भयानक बाढीमा ज्यान जोगाउन विभिन्न विद्युत् आयोजनाको सुरुङमा पसेका ५०० भन्दा बढी मानिस फसिरहेको अनुमान गरिएको छ । त्यहाँ फसेका मानिसहरूको उद्धारका लागि सुरुमा एक्लै खटिएको सरकारले चौतर्फी आलोचनापछि चीन र भारतबाट यससम्बन्धी विषयका विज्ञ झिकाएर काम गरिरहेको छ । तर रसुवा बाढीको सातौं दिनसम्म पनि त्यहाँ फसेका व्यक्तिको उद्धार हुन सकेको छैन । सुरुङभित्र फसेका व्यक्तिको एक सातासम्म सरकारले उद्धार गर्न नसकेपछि सार्वजनिक वृत्तमा चर्को आलोचना भइरहेको छ ।

यसै पृष्ठभूमिमा सांसद न्यौपानेले अनावश्यक टिप्पणी गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

न्यौपानेले सञ्जालमा कडा प्रतिक्रिया दिने र आफू जान्ने छु भन्ठान्ने देखिएको उल्लेख गर्दै त्यस्ता व्यक्तिलाई विपत्ति परेका ठाउँमा तत्काल जिम्मेवारी सुम्पिने गरी कानून बनाउनुपर्ने देखिएको जनाएका छन् ।

‘अब बाहिर सञ्जालमा कडा प्रतिक्रिया दिने र ‘मै जान्ने हुँ’ भन्ठान्नेहरुलाई विपत्ति परेका ठाउँमा तत्काल जिम्मेवारी सुम्पिने कानुन नै बनाउनुपर्ने दौखियो,’ न्यौपानेले सामाजिक सञ्जालमा भनेका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष