NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

उद्धार गरिएका व्यक्तिले भने, ‘सुरुङभित्र रहेका सबै सकुशल छन्’

काठमाडौं । त्रिशूली ३ ए त्रिशूली जलविद्युत् आयोजनाबाट १० औं दिन उद्धार गरिएका व्यक्तिले सुरुङभित्र रहेका सबै जना सकुशल रहेको बताएका छन् ।

सेनाले मेकानिकल इन्जिनियर सञ्जय साहलाई शुक्रबार बिहान सुरुङभित्र प्रवेश गरेर उद्धार गरेको थियो । उद्धारपछि उनले त्यहाँभित्रको वस्तुस्थितिबारे जानकारी दिँदै सबै जना सकुशल रहेको बताएका हुन् ।

नेपाल विद्युत् प्राधिकरणले साहको भनाइ उद्धृत गर्दै सबै सकुशल रहेको सूचनापछि दोस्रो व्यक्तिको उद्धार कार्य अघि बढाइएको जनाएको छ ।