सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
काठमाडौं । त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङबाट एक जनाको जीवितै उद्धार गरिएको छ ।
नेपाली सेनाको टोलीले सुरुङमा फसेको ९ दिनपछि एक जनाको जीवितै उद्धार गरेको हो ।
रास्वपाका सांसद् श्रीराम न्यौपानेले नेपाली सेनालाई उद्धृत गर्दै सञ्जय शाह नाम गरेका व्यक्तिको जीवितै उद्धार गरिएको जनाएका छन् ।
सुरुङमा अन्य व्यक्ति पनि जीवितै रहेको सूचना पाइएको र उद्धारकर्मीले खोजी कार्य जारी राखेको बताइएको छ ।


प्रतिक्रिया