NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

२५ सयले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। आज सुनको भाउ प्रतितोला २ हजार ५०० रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ९०० रुपैयाँ थियो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ६० रुपैयाँले बढेर ४ हजार ७८५ रुपैयाँ पुगेको छ।