रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय क्षति भएको छ। प्रहरीका अनुसार शुक्रबार दिउँसोसम्म विभिन्न जिल्ला र सीमावर्ती भारतीय क्षेत्रबाट गरी कुल एक हजार २९५ जनाको शव फेला परेको छ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेका शवमध्ये रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२१, नवलपरासी पश्चिममा १९४ तथा भारतबाट प्राप्त (नवलपरासी पश्चिमलाई बुझाइएको) १८ वटा रहेका छन्। बाढीबाट घाइते भएकामध्ये दुई जनाको उपचारका क्रममा टिचिङ अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको छ।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलन तीव्र पारिएको छ। हालसम्म मृतकका १,२६० र आफन्तका ८४६ गरी कुल २,१०६ वटा डिएनए नमुना संकलन गरिएको छ। प्रक्रिया पुर्याएर हालसम्म २२२ महिला, ३५५ पुरुष र पहिचान नखुलेका ४५३ गरी कुल १,०३० वटा शवको व्यवस्थापन गरिसकिएको छ। बाँकी पहिचान नभएका १,२६३ शवको विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको छ।
विपत्तिको यो घडीमा प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि ७,९१२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढीमा परी अझै ४,८९८ जना बेपत्ता रहेकाले उनीहरूको खोजी कार्य निरन्तर जारी छ।
यसैगरी, प्रभावित जिल्लाका होल्डिङ सेन्टरहरूमा ३,६५५ जनालाई आश्रय दिइएको छ। प्रहरीले जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, स्थानीय र सम्बन्धित निकायको समन्वयमा उद्धार गर्ने तथा बाढीले अवरुद्ध बनाएका सडक खुलाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया