हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी
हेटौँडा । बागमतीप्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहजबनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकलाई वैकल्पिकमार्गका रूपमा सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरोका कारण यातायात प्रभावित भएपछि वैकल्पिक सडकको आवश्यकता बढेसँगै प्रदेश सरकारले उक्त सडकको आवश्यक मर्मत तथा स्तरोन्नति गरी सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
मुख्यमन्त्री किरण थापा मगरले मुख्य राजमार्गमा पटकपटक देखिने अवरोधका कारण हेटौँडा–काठमाडौँ आवतजावत प्रभावित हुने समस्या न्यूनीकरण गर्न वैकल्पिक सडकलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
मुख्यमन्त्री थापा, भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसी, मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठा र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदमलामासहितको टोलीले बिहीबार भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकखण्डको स्थलगत निरीक्षण गरेको थियो ।
मुख्यमन्त्री थापाकाअनुसार उक्त सडकको मर्मत तथा स्तरोन्नतिका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमै बजेट विनियोजन गरेको छ । सडकको अवस्था हेरेर तत्काल आवश्यक मर्मतको काम अघि बढाइ सवारी आवागमन योग्यबनाउने प्रदेश सरकारको तयारी रहेको उनले बताए ।
उक्त सडक सञ्चालनमा आएपछि हेटौँडा–काठमाडौँ आवागमनका लागि थप विकल्प उपलब्ध हुने तथा पृथ्वी राजमार्गलगायतका मुख्य सडक अवरुद्ध भएका बेलायात्रु तथा सवारी साधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाउन सहजहुने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज पानी पर्ने
-
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्


प्रतिक्रिया