NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ २१ गते

सुनको मूल्यमा ३ हजार १०० रुपैयाँको गिरावट, चाँदी पनि सस्तियो

काठमाण्डौ । स्थानीय बजारमा आइतबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँ कायम भएको छ।

शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६० हजार ८९० रुपैयाँ कायम भएको छ। शुक्रबार प्रतिदश ग्राम सुनको मूल्य २ लाख ६३ हजार ५४५ रुपैयाँ रहेको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी प्रतितोला ४ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।

यसअनुसार चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेको छ।

ताजा अपडेट

नेपालवाच विशेष