‘नेवार समुदायका परम्परागत मकुण्डोनाच’लाई मदन पुरस्कार, खरेललाई जगदम्बा–श्री
काठमाडौं । ‘नेवार समुदायको परम्परागत मकुण्डोनाच’ पुस्तकले २०८२ सालको मदन पुरस्कार प्राप्त गरेको छ । त्यस्तै, अर्को प्रतिष्ठित पुरस्कार जगदम्बा–श्री किरण खरेललाई प्रदान गरिने भएको छ ।
मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले वीणा जोशी (राजभण्डारी) द्वारा लिखित पुस्तकलाई २०८२ सालको मदन पुरस्कार दिने निर्णय गरेको हो ।
मदन पुरस्कारका अध्यक्ष कुन्द दीक्षितले एक विज्ञप्ति जारी गर्दै जोशीको पुस्तकलाई २०८२ सालको मदन पुरस्कार दिने निर्णय भएको जनाएका छन् ।
मदन पुरस्कारका लागि गुठीलाई यस वर्ष २९८ पुस्तक प्राप्त भएकामा १० पुस्तकहरू सर्ट लिस्टिङमा थिए । जसमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, , ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, वीणा जोशी राजभण्डारीको नेपाल समुदायको परम्परागत मकुण्डोनाच, उमा सुवेदीको परिधि, , सीमा आभासको महायुग, , श्रवण मुकारुङको सलह, डा. नवराज जोशीको स्वस्पर्श र नदीशको हिउँद थिए । त्यसमध्येबाट गुठीले नेवार संस्कृतिमाथि लेखिएको पुस्तक पुरस्कारका निम्ति चयन गरेको हो ।
२०१२ सालमा स्थापित मदन पुरस्कारलाई देशकै प्रतिष्ठित पुरस्कारमध्ये एक मानिन्छ ।
त्यस्तै, मदन पुरस्कार गुठीकै अर्को जगदम्बा–श्री पुरस्कार विख्यात गीतकार किरण खरेललाई प्रदान गर्ने निर्णय गरिएको छ । खरेल ६ दशकदेखि गीत लेखनमा सक्रिय छन् ।
रानी जगदम्बाको निधनपछि २०४५ जगदम्बा–श्री पुरस्कार प्राप्त गरिएको थियो । यो सम्मानबाट पहिलो पटक नारायण गोपाललाई सम्मानित गरिएको थियो ।
ताजा अपडेट
-
‘नेवार समुदायका परम्परागत मकुण्डोनाच’लाई मदन पुरस्कार, खरेललाई जगदम्बा–श्री
-
बाढीपछि मनास्लु र लार्केपास पदयात्रा रोक्न प्रशासनको आग्रह
-
रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै
-
कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै
-
सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती



प्रतिक्रिया