NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ २२ गते

सुन र चाँदी दुवैको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेर ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सुन प्रतितोला ३ हजार १०० रुपैयाँले घटेर ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ८३० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७२५ रुपैयाँ थियो।

ताजा अपडेट

नेपालवाच विशेष