विपद् प्रभावितका लागि नेपाल टेलिकमका कर्मचारीबाट दुई करोड सहयोग
काठमाडौँ-रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल टेलिकमका सम्पूर्ण कर्मचारीले रु दुई करोडभन्दा बढी सहयोग गरेका छन् ।
नेपाल टेलिकमका कर्मचारीका तर्फबाट सङ्कलित रु दुई करोड दुई लाख २६ हजार रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल)ले आज उक्त रकम अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले कर्मचारीहरूबाट उक्त रकम सङ्कलन गरिएको नेपाल टेलिकमले जनाएको छ । नेपाल टेलिकमले संस्थागत रूपमा समेत विपद् प्रभावितका लागि थप सहयोग गर्ने तयारी गरेको छ । कम्पनीले केही दिनभित्रै संस्थागत सहयोग घोषणा गर्ने बताइएको छ ।
ताजा अपडेट
-
भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १३ सय ५६ पुग्यो
-
हामी नेपाली मानवतावादी छौं, उद्धार कार्यलाई अन्तिमसम्म जारी राख्छौँः प्रधानमन्त्री
-
भोटेकोशी बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति योजना घोषणा
-
बाढीपीडितका नाममा राष्ट्रपतिको सम्बोधन (पूर्णपाठ)
-
विपद् प्रभावितका लागि नेपाल टेलिकमका कर्मचारीबाट दुई करोड सहयोग


प्रतिक्रिया