इजरायलमा नेपाली कामदारका लागि १ हजार ४६४ जनाको माग
काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न १ हजार ४६४ जना नेपाली सहायक कामदारका लागि आवेदन खुला भएको छ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको सूचनाअनुसार माग गरिएका कामदारमध्ये १ हजार १३२ जना महिला र ३३२ जना पुरुष छन्। उनीहरूले विभिन्न उमेर समूहका गम्भीर अपांगता भएका व्यक्तिको हेरचाहसम्बन्धी काम गर्नुपर्नेछ।
२५ देखि ४५ वर्ष उमेर हुनुपर्ने
इजरायलमा सहायक कामदारका रूपमा जान इच्छुक नेपाली नागरिकको उमेर २५ वर्ष पूरा भएको र ४५ वर्ष ननाघेको हुनुपर्नेछ।
इच्छुक उम्मेदवारले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११ः५९ बजेसम्म आवेदन दिन सक्नेछन्। आवेदन वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली FERMS मार्फत दिनुपर्नेछ।
मासिक ६ हजार ४४३.८५ शेकेल तलब
छनोट भएका कामदारले इजरायलको प्रचलित कानुनअनुसार मासिक ६ हजार ४४३.८५ इजरायली शेकेल तलब पाउनेछन्। तोकिएको समयभन्दा बढी काम गरेमा श्रम कानुनअनुसार ओभरटाइम सुविधा पनि उपलब्ध हुने विभागले जनाएको छ।
कामदारले सातामा ४२ घण्टा काम गर्नुपर्नेछ। सातामा एक दिन बिदा तथा इजरायली कानुनअनुसार वार्षिक बिदाको व्यवस्था हुनेछ।
ताजा अपडेट
-
ठमेलमा गैरकानुनी रूपमा बस्दै आएका १० बंगलादेशी पक्राउ
-
जेनजी आन्दोलनको एक वर्ष : युवा स्वदेशमै टिकाउन र वैदेशिक रोजगार व्यवस्थित बनाउन नीतिगत सुधार
-
जेन–जीपछिको एक वर्ष : सुधारदेखि सुरुङ युगसम्म
-
जेन–जी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुँदैनौँ : रवि लामिछाने
-
इजरायलमा नेपाली कामदारका लागि १ हजार ४६४ जनाको माग


प्रतिक्रिया