भोटेकोशी बाढी: लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन
कपिलवस्तु । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कविहीन छन् ।
आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयअन्तर्गतको आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बर्दियाका ७६, दाङका ५४, रोल्पाका २४, बाँकेका २३, रुपन्देहीका १९, पाल्पाका नौ, प्युठानका नौ, नवलपरासी (बर्दघाट सुस्तापश्चिम)का नौ, अर्घाखाँचीका आठ, गुल्मीका सात, कपिलवस्तुका छ र रुकुमपूर्वका चार जना सम्पर्कविहीन रहेका छन् ।
त्यसैगरी, बाढीपछि नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा १५८ शव फेला परेका छन् । फेला परेका शवमध्ये ५२ महिला, ९० पुरुष, छ बालक, छ बालिका र चार जनाको लिंग पहिचान हुन नसकेको केन्द्रले जनाएको छ । त्यहाँ ६४ शरीरका अंगसमेत फेला परेका छन् । शव र शरीरका अंग गरी फेला परेको कुल सङ्ख्या २२२ पुगेको छ ।
फेला परेका शवमध्ये नौ जनाको सनाखत भएको छ । सनाखत भएकामा एक महिला र आठ पुरुष रहेका छन् । बाँकी शव तथा शरीरका अंगमध्ये १४२ शव र ६४ शरीरका अंग गरी २०६ वटा व्यवस्थापन गरिएको विवरणमा उल्लेख छ । बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिको खोजी तथा फेला परेका शव र शरीरका अंगको पहिचान एवं व्यवस्थापन कार्य जारी रहेको जनाइएको छ ।
ताजा अपडेट
-
संसद्मा आज रवि लामिछानेले सम्बोधन गर्ने
-
रसुवा बाढीले अवरुद्ध विद्युत् जोड्ने अभियान तीव्र, नुवाकोटको विदुर १० र ११ मा बल्यो बत्ती
-
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
-
भोटेकोशी बाढी: लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन
-
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज


प्रतिक्रिया