NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ २४ गते

राहदानी आवेदन दिन तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं। राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः उल्लेख्य वृद्धि भएको जनाउँदै आवेदन फाराममा उल्लेख गरिएको मिति र समयमा मात्रै विभागमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ।

विभागले नयाँ राहदानी प्रणाली सुरुआत भएदेखि आमसेवाग्राहीलाई निरन्तर राहदानी सेवा प्रवाह भइरहेको जनाउँदै सेवाग्राहीको सङ्ख्या बढेकाले सेवा व्यवस्थापनमा सहयोग पुर्याउन आज अनुरोध गरेको हो।

विभागले हाल मध्यपूर्वको इजरायलमा रोजगारीका लागि आवेदन दिन सकिने म्याद आगामी असोज २६ गतेसम्म रहेकाले हतार नगरी आवेदन प्रक्रिया अघि बढाउनसमेत आग्रह गरेको छ। त्यस्तै, २०८३ साउन १४ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम हाल जुनसुकै जिल्लाका नागरिकले जुनसुकै जिल्लाबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको विभागले जनाएको छ।

सोही कारण अत्यावश्यक अवस्थाबाहेक सेवाग्राहीलाई नजिकको जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा गई राहदानीका लागि आवेदन पेस गर्न विभागले अनुरोध गरेको छ। विभागले राहदानी सेवाग्राहीको चाप व्यवस्थापन तथा सहज रूपमा सेवा प्रवाह गर्न सबै सेवाग्राहीलाई तोकिएको प्रक्रिया र समय पालना गर्न आग्रह गरेको हो।

ताजा अपडेट

नेपालवाच विशेष