NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ २६ गते

रसुवा बाढी: भग्नावशेष पन्छाउँदै चिलिमे सुरुङ नजिकै पुग्यो उद्धार टोली

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित चिलिमे जलविद्युत आयोजनाको सुरुङ क्षेत्रमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ ।

सुरुङभित्र फसेकाहरूको खोजीका लागि बिहानैदेखी एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम जारी छ ।

इन्जिनियर गोकर्ण चौधरीका अनुसार उद्धार टोली अहिले सुरुङको मुखनजिक पुगिसकेको छ । बाढीले थुपारेको बाक्लो लेदो, ढुंगामुढा र कंक्रिट हटाउँदै उद्धार कार्यलाई तीव्रता दिइएको उनले बताए ।

नयाँ सुरुङभित्र फसेका श्रमिक तथा अन्य व्यक्तिहरूको अवस्था पत्ता लगाउन र सुरक्षित उद्धार गर्न टोलीले अवरोध पन्छाउने काम गरिरहेको इन्जिनियर चौधरीले जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष