आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल
जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताएका छन् ।
मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा आज जनकपुरधाममा आयोजित राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि सुझाव तथा पृष्ठपोषण कार्यक्रममा उनले समयानुकूल र विद्यार्थीको आवश्यकताअनुसार पाठ्यक्रम परिमार्जनको गृहकार्य भइरहेको जानकारी दिए ।
हालको पाठ्यक्रममा व्यापक परिमार्जन आवश्यक देखिएकाले कार्यदल गठन गरी देशव्यापीरूपमा सरोकारवालाबाट सुझाव सङ्कलन भइरहेको जानकारी दिँदै मन्त्री पोखरेलले प्राप्त सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गरी आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइने बताए ।
‘अहिले कृत्रिम बौद्धिकता (एआई) को व्यापक प्रयोग भइरहेको अवस्थामा यसलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने विषयलाई पनि पाठ्यक्रममा समेट्नुपर्छ,’ मन्त्री पोखरेलले भने, ‘किताबी ज्ञानभन्दा विद्यार्थीलाई व्यावहारिक र प्राविधिक शिक्षा दिनेगरी नयाँ पाठ्यक्रम निर्माण गर्न सुझाव सङ्कलन भइरहेको छ ।’
ताजा अपडेट
-
आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल
-
आमा सुरक्षा कार्यक्रम पूर्ण रूपमा निःशुल्क गर्न संसद्मा माग
-
संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन: सभापति गगन थापा
-
प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका स्वीकृत
-
भोटेकोशी बाढीपिडितलाई यशोदा फुड्स र श्रीराम टोबाकोको सहयोग


प्रतिक्रिया