प्रधान सेनापति सिग्देल चीन प्रस्थान
काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल चीनको साताव्यापी औपचारिक भ्रमणका लागि आज बेइजिङतर्फ प्रस्थान गरेका छन् ।
चीनको औपचारिक निमन्त्रणामा सेप्टेम्बर १३-१९ सम्म हुने यस भ्रमणका क्रममा सेनापति सिग्देल बेइजिङमा आयोजना हुने १३ औँ ‘बेइजिङ सियाङसान फोरम’ मा समेत सहभागी हुने कार्यक्रम रहेको छ ।
नेपाली सेनाका अनुसार यस भ्रमणले नेपाल र चीनबीचको आपसी सैनिक सम्बन्धलाई थप विस्तार गर्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको समग्र परराष्ट्र नीतिलाई टेवा पुर्याउन महत्त्वपूर्ण योगदान दिने विश्वास लिइएको छ ।
बेइजिङ प्रस्थान गर्नुअघि प्रधान सेनापति सिग्देललाई जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । त्यसपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ्ग केसीले बिदाइ गरे ।
प्रधान सेनापतिको भ्रमण अवधिभर उनको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीप जङ्ग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ।
ताजा अपडेट
-
समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
-
प्रधान सेनापति सिग्देल चीन प्रस्थान
-
भोटेकोसी बाढीबाट १८ विद्यालय प्रभावित, ९३ करोड ७३ लाख बराबरको क्षति
-
पृथ्वी राजमार्गअन्तर्गत धादिङको सितल बजार सडकखण्डमा ब्लास्टिङ गरेर सडक खोल्ने तयारी
-
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै


प्रतिक्रिया