NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ ३१ गते

मुगु केन्द्रबिन्दु भएर लगातार दुई पटक भूकम्प

काठमाडौँ। मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १:५१ बजे ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको हो।

त्यस्तै आजै बिहान ४:२८ बजे मुगुकै कलाई वरपर केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको दोस्रो भूकम्प महसुस गरिएको छ। यसअघि गत २६ गते जाजरकोट जिल्लाको कालसेनी वरपर केन्द्रबिन्दु भई बिहान ०९:०८ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।