NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ ३१ गते

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।

संसद् सचिवालयका अनुसार बुधबार अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुमगन तथा मूल्यांकन समितिको बैठक बस्ने कार्यतालिका छ ।

आज बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा समितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

यसैगरी आज बिहान ९ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । मंगलबारको समितिको बैठक शिक्षामन्त्री अस्वस्थ भएपछि स्थगित भएको थियो । बैठकमा शिक्षामन्त्री, मन्त्रालयका सचिव लगायतलाई छलफलको लागि समितिले बोलाएको छ।

यसैगरी आज बिहान सवा ११ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुमगन तथा मूल्यांकन समितिको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका पूर्व सभापतिसँग छलफल गर्ने कार्यसूची छ ।