NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ ३१ गते

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसमा चार शव फेला

काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसबाट चार जनाको शव फेला परेको छ।

आयोजनाका एक इन्जिनियरका अनुसार बुधबार दिउँसो पावरहाउस परिसरमा खोजी गर्ने क्रममा चारवटा शव फेला परेका हुन्। बाढीपछि आयोजनाभित्र हराइरहेका कर्मचारी तथा कामदारको खोजी गर्ने क्रममा शव भेटिएको बताइएको छ।

भदौ १० गते तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले चिलिमे जलविद्युत् आयोजनासहित रसुवा र नुवाकोटका एक दर्जनभन्दा बढी जलविद्युत् आयोजना तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको थियो।

बाढीपछि आयोजनाभित्र हराइरहेका कर्मचारी तथा कामदारको खोजी कार्य निरन्तर जारी रहेको छ। फेला परेका शवको पहिचान हुन बाँकी रहेको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

ताजा अपडेट

नेपालवाच विशेष