प्रधानमन्त्री शाहसँग कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत मेगन बोल्डिनले शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटमा जलवायुजन्य विपद्का जोखिम न्यूनीकरण तथा त्यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई अझ सुदृढ गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका थिए ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले नेपालको विशिष्ट पर्यटन सम्भावना तथा यसको विकासमार्फत पारस्परिक लाभ हासिल गर्न सकिने अवसरहरूबारे चर्चा गर्नाका साथै नेपालमा अमेरिकी लगानी अभिवृद्धिका लागि प्रोत्साहन गर्न उनलाई अनुरोध गरे ।
प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछिको कठिन परिस्थितिमा अमेरिकाले नेपाललाई गरेको सहयोग र ऐक्यबद्धताप्रति हार्दिक आभार व्यक्त गर्दै बाढीमा नेपालीसँगै विदेशी पनि प्रभावित भएकामा दुःख व्यक्त गरे ।
कार्यवाहक राजदूत बोल्डिनले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै वर्तमान कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता प्रकट गरे । उनले राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा सहयोग गर्न अमेरिकी सरकार तत्पर रहेको बताइन् ।
ताजा अपडेट
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले ?
-
आज लक्ष्मीपूजा, धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदै
-
सैनिक कल्याणकारी कोष: ४० हजार विद्यार्थीलाई छात्रवृत्ति, १० लाख हिताधिकारीलाई सुविधा
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइँदै


प्रतिक्रिया