नेप्से परिसूचक २१ अंकले घट्यो
काठमाडौं – बुधबार नेप्से परिसूचक २१.१९अंकले घटेर २६१२.४२ अंकमा अडिएको छ। नेप्से घटेसँगै कारोबार रकममा पनि मंगलबारको तुलनामा कमी आएको छ।
यसदिन ३५० वटा स्क्रिप्सको १ करोड ५१ लाख १ हजार ५५५ कित्ता सेयर ५ अर्ब ३८ करोड ९५ लाख ७४ हजार ६४८ रुपैयाँमा खरिदबिक्री भए । मंगलबार ८ अर्ब २९ करोड मूल्य बराबरको कारोबार भएको थियो।
कारोबारमा आएकामध्ये ४२ वटा स्टक्सको मूल्य बढ्दा २२५ वटाको घट्यो। १२ वटा स्टक्सको मूल्य स्थिर रह्यो। सेयर बजार दोहोरो अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।
नारायणी डेभलपमेन्ट बैंकको सेयर ६.३७ प्रतिशतले बढ्दा हिमालयन दोलखा हाइड्रोपावरको ५.३१,माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको ४.३८,कालिका लघुवित्त वित्तीय संस्थाको ४.३४ र बोटलर्स नेपाल (बालाजु)को सेयर ३.५९ प्रतिशतले बढ्यो।
३७ करोड मूल्य बराबरको सेयर कारोबार गरी हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्षस्थानमा रह्यो।रिलायन्स स्पिनिङ्ग मिल्सको २५ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा शिवम् सिमेन्टको १६ करोड, सोलु हाइड्रोपावरको १५ करोड र लिबर्टी इनर्जीको १४ करोड बराबरको सेयर कारोबार भयो। यसदिन १३ वटै समूहको उपसूचक नकारात्मक देखिए।
सेयर बजार सुर्धान सरकारले २१ बुँदे कार्ययोजना ल्याएको छ। यसले पनि सेयर बजारमा सकारात्मक प्रभाव दिन नसकेको लगानीकर्ताहरू बताउँछन्।


प्रतिक्रिया