संविधान दिवस मनाइँदै
काठमाडौं – आज असाेज ३ गते, संविधान दिवस । स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ३ असोज २०७२ मा संविधानसभाबाट नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने गरिन्छ ।
संविधान दिवसका उपलक्ष्यमा संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संघ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि विभिन्न कार्यक्रमको आयोजना हुँदै छन् ।
नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।
संविधान दिवसको अवसरमा नेताहरूले शुभकामना सन्देश पनि जारी गरेका छन् ।
ताजा अपडेट
-
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
-
संविधान दिवस मनाइँदै
-
होर्मुज नाकाबन्दीपछि ओमानबाट तेल निर्यातको नयाँ बाटो, जहाजबाट जहाजमै तेल स्थानान्तरण
-
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
-
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका ५ निर्णय


प्रतिक्रिया